नेपाली समय

नेपाली समय

Wednesday, December 10, 2008

नेपाली जहाज आकाशमा

नेपाली बैज्ञानिकले बनाएको पहिलो नेपाली जहज डाँफेको शनिबार पोखरामा सफल परिक्षण उडान गरिएको छ । पोखराका यूवा बैज्ञानिक विकास पराजुलीको नेतृत्वको टोलीले बनाएको तीन वर्षछि डाँफेले उडान अनुमति पाएको हो । रसियन पाईलट अलेक्जेण्डर म्याक्सीमोभले डाँफेलाई १५ फिट माथि करिव एक मिनेट आकाशमा उडाएका थिए । नेपालमै विमान बनाउने आफ्नो सपना पूरा गरी छाड्न त्यत्तिबेलै डाँफे एयरक्राफ्ट फेब्रिकेसन ग्रुप गठन गरी पराजुलीको नेतृत्वमा सातजना विद्यार्थीले विमान बनाएका हुन् । १० लाख रुपैयाँको लागतमा निर्माण गरीएको डाँफे दुई घण्टासम्म एक सय किलोमिटर प्रतिघण्टा ६ हजार फिटसम्म उड्ने क्षमताको छ । चरालाई हावामा तैरिन पखेटाको सहायता चाहिएजस्तै डाँफे विमानलाई हावामा तैरिनलाई आवश्यक १० मिटर फैलिएको पखेटा प्रयोग गरिएको छ भने विमानमा दुईवटा आरामदायी सिट छन् । सिटमुनी इन्धन ट्याङ्की छ भने त्रिभुजाकार विमानको पछिल्लो भागमा शक्ति यन्त्र जडान गरिएको छ । पराजुलीको नेतृतवमा रहेको टोलीले तीन वर्षअघि काठमाडौको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा 'रिर्सच थेसिस' को रुपमा विषय उठान गरेका थिए । उडान हेर्न पोखरा विमानस्थलमा दर्शकहरुको भीड लागेको थियो । टोली प्रमुख पराजुलीका पिता शिवप्रसाद पराजुली हृविल चियरमै छोराले बनाएको जहाज हेर्न विमानस्थल पुगेका थिए । आमा गोमा पराजुली लगायत आफन्तहरुको पनि विमानस्थलमा भीड लागेको थियो । विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह लगायत कास्कीका सरकारी अधिकृतहरु परिक्षण उडान हेर्न विमानस्थल पुगेका थिए । डाँफेको सफल उडान भएपछि मन्त्री शाहले विज्ञान र प्रविधिको विकास गर्न सरकारले एक करोड रकम निकासा गर्न लागेको बाताउदै डाँफे निर्माण गर्न लागेको १० लाख रुपैंया पनि सरकारले बेहोर्ने बताए । उडान पछि डाँफे बनाउने टोलिका सदस्य रमेश रानाभाटले आफ्हरुको महेनतलाई सरकारले ढिलैभएपनि कदर गरेकोमा खुशी व्यक्त गरे । यसले आफुहरुलाई उच्च स्तरको जहाज बनाउन प्रेरणा मिलेको उनले बताए । अन्य विमान झैं बर्नौलीको सिद्धान्तमा आधारित भएर यो विमान उड्ने टोली प्रमुख पराजुलीले बताए । धावनमार्गमा ७३.२ कि.मि.प्रतिघण्टाको गतिमा ९५.३२ मिटर गुडेपछि यसले जमिन छोड्को थियो । उडानको समय चारसय किलोग्राम तौल धान्ने क्षमता भएको डाँफे ५० लिटर इन्धन लिएर दुई घण्टासम्म लगातार उडान गर्न सक्ने भएपनि आहिले एक मिनेट मात्र उडान परीक्षण गरिएको थियो । एभिया क्लब पोखराकी निर्देशक नताशा श्रेष्ठका अनुसार यो विमान दक्षिण एसियाकै नयाँ उत्पादन हो । विमान उडान तालिमबारे प्रशिक्षण दिँदै आएको एभिया क्लबले डाँफे विमानकै आधारमा अरु विमानसमेत नेपालमै उत्पादन गर्न सकिने बताएको छ । 'विदेशमा पनि यसरी नै बनाउने हो', श्रेष्ठले भनिन् -'यसको डिजाइन दक्षिण एसियामै नयाँ छ ।' अरु विमानमा झैं तीन पाङग्रा भएको यो विमान अष्ट्रियन प्रविधिको इन्जिन बाहेक बाँकी सबै कामको लागि नेपाली ज्ञान, सीप, कला, प्रविधि र स्थानीय सामग्रीको संयोजनमा बनाईएको छ । यो अनुमति पाउन वैज्ञानिक टोलीले पुरै एकवर्षखर्चेका थिए । एक वर्षअघि उडान अनुमति माग्दा नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्र्यि नागरिक उड्डयन संगठन तथा अन्य सुरक्षाको कारण देखाई उडान अनुमति पत्र दिन नसकिने पत्र जारी गरेका थिए । पटक-पटक आग्रह गर्दा पनि प्राधिकरण नमानेपछि नागरिक उड्डयन मन्त्रालयले नै सचिवस्तरीय जाँचबुझ समिति गठन गर्‍यो समितिले त नेपालमा यस्ता कार्यका लागि प्रावधान नै नभएको ठहर गरेपनि पछि बाध्य भएर पोखरा विमानस्थलमा उडानको लागि अनुमति त दियो तर, विमान चालक विमा, तेस्रो पक्ष क्षति विमा लगायतको करोडौं बराबरको विमा शुल्क तिर्नुपर्ने भनी फेरि अनुमति रद्द गरेको थियो । शुल्क तिर्न नसकेपछि सम्पुर्ण क्षतिको जिम्मेवारी पुल्चोक क्याम्पसले नै व्यहोर्ने गरी एक वर्षो कडा परिश्रममा एकसाता अघिमात्रै उडान अनुमति पाएको थियो ।

No comments:

time of nepal

iframe name="I1" scrolling="no" border="0" frameborder="0" marginwidth="0" marginheight="0" allowtransparency="true" src="http://www.ashesh.com.np/linknepali-time.php" width="195" height="55">

नेपाली मा टाईप गर्नुहोस

navaraj